
आदर मल्टी इन्भेस्टमेट कम्पनीको अध्यक्षको भनाई
आदरणीय सेयर सदस्य महानुभावहरू,
आदर मल्टी इनभेस्टमेट कम्पनी लिमिटेड २०७३ साल फाल्गुन १९ गतेकम्पनी रजिस्टर कार्यालयमा दर्ता भई
सम्बन्धित निकायबाट भवन निर्माण स्वीकृत लिई योजनाको सुरुवात भएको हो । यस कम्पनीमा ५०० भन्दा बढी
सेयर सदस्यहरुकोसामुहिक लगानी रहेको छ । यस कम्पनिको पहिलो परियोजनाको रूपमा बल्खु स्थित स्वदेशी
तथा आयातित बस्तुहरूको ब्यवस्थित थोक बजार स्थापना गर्ने उद्धेश्यले आदर ट्रेड मल निर्माणाधीन अबस्थामा
रहेको तथ्य शेयर धनीहरुलाई अबगतैछ ।
समयकोचक्रसंगै ब्यक्तिको जीवनमा जस्तैकम्पनीको जीवनमा पनी उतार चढावहरू आउदा रहेछन
। कोभिड १९ को महामारि र तत्पश्चात देखिएकोआर्थिक मन्दीको असर लगायतका केहि समस्याहरूको कारण
कम्पनीको आदर ट्रेडमल निर्माणमा केही समय बढी हुन गएको र लाग्ने देखिएको छ । हाल सम्म सिभिल निर्माण
तर्फको९४ प्रतिशत र भौतिक तथा आर्थिक हिसावले ७० प्रतिशत निर्माण सम्पन्न भैसकेको छ । अव सम्पुर्ण
संस्थापक शेयरधनी र खरिदकर्ताहरुको सकृय सहभागिता, सहयोग र सदभाव भएमा एक देखि दुई बर्ष भित्र
निर्माण सम्पन्न गरि ब्यवसायिक हिसावले सञ्चालन गर्न सकिनेछ । हाल सम्म संस्थाको नेतृत्व गरी अहिलेको
अवस्था सम्म ल्याउनु हुने पूर्व अध्यक्षहरु, पूर्व सञ्चालकज्यूहरु लगाएत प्रत्यक्ष अप्रत्यक्ष रुपमा लगानी गरी
सहयोग पुर्याउनुहुनेसम्पूर्ण शेयर धनी महानुभावहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
यस आदर मल्टी इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको२०८१ फाल्गुन १७ गते भएको सञ्चालक समितिको
निर्वाचनबाट निर्वाचीत भई हामी सञ्चालक समितिको नयाँ नेतृत्वमा आएका छौ । यस कम्पनीको सञ्चालक
समितिको नेतृत्व परिवर्तन हुनु स्वाभाविक प्रकृया हो । यस कम्पनी बिधि र पद्धतिले चल्नु र चलाउनु पर्छ,
पारदर्शि हुनुपर्छ, जिम्मेबारी दायित्व लिनु पर्छ भन्ने कुरामा हामी सचेत छौं । हाम्रो प्राथमिकता पहिलो परियोजना
कसरी सफल बनाउने भन्नेमा केन्द्रीत छौ। यस आदर मल्टी इन्भेस्टमेट कम्पनी लिमिटेडलाई नेपालको सामुहिक
लगानीको उदाहरणिय सफल कम्पनी बनाउने हाम्रो लक्ष्य रहेको छ । आशा छ, हाम्रा आदरणीय सेयर धनीहरू,
पुर्व अध्यक्ष तथा सञ्चालक ज्यूहरू खरिदकर्ताहरु, शुभ चिन्तकका साथै प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडीनुभएका
सम्पुर्ण महानुभावहरुले यस योजनालाई सफलिभूत पार्न आ–आफ्नो लगानीको अनुपातको माध्यामबाट लगानी
गरी बाँकी निर्माण सम्पन्न गर्न पूर्ण साथ सहयोग रही हातेमालो गरी अगाडीकोयात्रा सफल बनाउने लक्ष्यमा
एक साथ हुने छौं भन्नेबिस्वास लिएका छौं ।
विश्व बजारमा अहिले ब्क्ष् ,ऋजबतन्एत्, म्भभउक्भभप जस्ता प्रविधिहरुको बिकास भैकेको छ । हामी अहिले
बिभिन्न सामाजिक सञ्जालमा केन्द्रीत हुदैप्रविधियुक्त हुदै गईरहेको अवस्था छ । मानिसहरूको चाहनाहरू पनि
समय सनुसार परिवर्तन भएका छन । अहिले रमाउने, नयाँ नयाँ ठाउहरू घुम्ने, मनोरञ्जन गर्ने, नयाँ नयाँ
परिकारहरूको स्वाद लिने, साहसिक खेलहरुहरू गर्नेको जमात बढ़दो छ । ब्यापार ब्यवसायमा सामुहिक तथा ठुला
आयोजना परियोजनाहरूको अपरिहार्यता देखिन थालेको छ । हामीले पनि समयको माग अनुसार अगाड़ी बढ़न
सकेको खण्डमा मात्र सफल हुन सकिन्छ भन्ने कुरामा सचेत छौं । हामीले सुरु गरेको ब्यापारिक मलको काम
सम्पन्न पछी हामीलेगर्न सक्ने कामहरू धेरै छन । हामिले एकसाथ मिलेर पर्यटन, आथित्य सत्कार, जलबिद्युत,
ब्यापारिक भवन लगायत अन्य क्षेत्रका ठुला–ठुला आयोजना निर्माण गर्न सक्नेछौ ।
अहिलेको निमार्णाधिन यस आदर ट्रेडमलका लगानी कर्तालाई लगानी गर्ने उपयुक्त ठाउ र केही
ब्यवसाय गर्छु भन्नेलाई उपयुक्त अवसर छ । कम्पनीले पसल तथा इकाई खरीद कर्तालाई मालपोतबाट रजिस्ट्रेशन
लिखतपारित गरी प्रत्येक इकाईको लाल पुर्जा दिने ब्यवस्था सहित ब्यवस्थित होलसेल बजार बिकास गर्ने योजना
साथ कम्पनी अगाढी बढेकोतथ्यमा उजागरनैछ । तपाईह शेयर धनीहरू मध्येकति साथिहरू कम्पनीसंग जोडीनु
भएको छ । यस कम्पनीसंग नजोडीनु भएका साथीहरू कुनै न कुनै रूपमा जोडीनु हुन आब्हान गर्दछौं ।
आदरणीय सेयर सदस्य महानुभावहरू,
यस आदर मल्टी इन्भेस्टमेण्ट कम्पनी लिमिटेडको संचालक समितिमा रहि कम्पनीको योजनाको निर्माण
सम्पन्न र संचालन गर्न हामिलाई बिस्वास गरी कम्पनीको चार वर्षे नेतृत्वको जिम्मेवारी दिनु भएकोमा यस
कम्पनीका सम्पूर्ण सेयर सदस्य तथा शुभ चिन्तक शेयर धनी महानुभावहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
तपाईहरूको लगानीको बिश्वासलाई हामी जिवन्त गन्तब्यमा पुग्ने गरी कायम राख्न सक्ने छौं भन्ने बिश्वास
दिलाउन चाहन्छौ ।
धन्यवाद
© 2026 प्रतिलिपि अधिकार आदर मल्टिइन्भेष्टमेन्ट कम्पनी लिमिटेड